पशुपतिमा अब दाउराबाट शव जलाउने आधुनिक मेसिन

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशणरहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो । आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुशणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए । आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।
ताजा अपडेट
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया