ओली सरकार सर्वसत्तावादतर्फ लागेको नेविसंघका नेताहरुको आरोप

काठमाडाैं । तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विकृति विसंगती, भ्रष्टाचार एवं ज्यादतीका विरुद्ध नेपाल विद्यार्थी संघले बिहीवार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पसबाट सुरु भएको र्याली कोटेश्वर चोकमा पुगी कोणसभासहित समापन भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार पूर्णरुपमा सर्वसत्तावादतर्फ उन्मुख भएको बताउँदै नागरिकको स्वतन्त्रतामाथि बन्देज लगाउने , विनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओली नेतृत्वमा पंचायती या राणाकालीन भूत सवार भएको बताए । तिमल्सिनाले तनहुँमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार गरिएकोमा देशभरका कार्यकर्तालाई आन्दोलित हुन आह्वान गरे । पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले पछिल्लो समयको घटनक्रमले प्रहरी प्रशासनको विश्वासनियतामाथि ठूलो प्रश्न उठेको भन्दै वर्तमानमा नेपाल प्रहरीले कुनै पनि घटना अनुसन्धान गर्ने नैतिकता गुमाइसकेको आरोप लगाए । बलात्कारी, हत्यारा र तस्करीहरुको संरक्षण गर्ने तर इतिहासमा कुनै दाग नलागेको नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर सरकारले देशको बेइज्जत गरेको उनको भनाई छ । यो लोकतान्त्रिक व्यवस्थाको उपहास हो भन्दै ढुंगेलले सबै लोकतन्त्रप्रेमीहरुलाई आन्दोलित हुन अपिल गरे । सभामा नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, नेताहरु रामकृष्ण खड्का, मनिष रायमाझी, एन्जर कार्की, राम केसी लगायतले सम्बोधन गरेका थिए ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया