NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एक महिनामा पनि टेलिफोनको समस्या समाधान नभएपछि प्रजिअको ध्यानाकर्षण

हुम्ला । नमस्ते टेलिफोन सेवाले काम नगर्दा हुम्लाका नागरिकले पटकपटक सास्ती खेप्नु परेको छ । जिल्लाका विभिन्न नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि मोबाईल नेटवर्कले राम्रोसंग काम नगरेको स्थानीयको गुनासो छ । एक महिना बितिसक्दा पनि नेपाल टेलिकमले समस्या समाधान नगरेको भन्दै समस्या समाधानका लागि हुम्ला युवाहरुले ३ दिनको समयाबधि दिदै प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा टेलिफोन सेवामा आएको समस्या समाधान गर्नका लागि दिएको ३ दिनको समयावधि दिएको छ । उक्त समयावधि भित्र समस्या समाधान नभएमा कडा आन्दोलनमा उत्रने र यसबाट उत्पन्न हुने परिस्थिति सामना गर्नका लागि तयार बस्न हुम्लाका युवाहरुले नेपाल टेलिकमलाई चेतावनी समेत दिएका छन् । पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा पनि नेपाल टेलिकमले कुनै सुनुवाइ नगरेको स्थाीयबासीको गुनासो छ । डाफे र माबु लेखमा रहेका टावरमा रहेको एटिएन डिभाईसमा समस्या आएकाले लामो समय देखि स्थानीयले समस्या भोग्नु परे पनि डिभाईस सहित प्राबिधिक टोली काठमाडौंबाट हिडि सकेकाले केही दिनमै समस्या समाधान हुने नेपाल टेलिकम हुम्लाका प्रमुख शिब भट्टराईले बताए । यो समस्या मेरो मात्र नभएर समग्र हुम्लाबासीको समस्या हो यसका लागि प्रसाशनले नेपाल टेलिकम हुम्लालाई पटकपटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि समस्यासमाधानका लागि नेपाल टेलिकमको क्षेत्रीय तथा केन्द्रिय कार्यालयमा पत्राचार गर्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए । बिहीबार दिउसो २ बजे नेपाल बिद्यार्थि संघ हुम्ला, नेपाल युवा संघ हुम्ला र नेपाल भारत वर्ड डिभलपमेण्ट फोरमले संयुक्त रुपमा नेपाल टेलिकमले समस्याको समाधान नगरेको भन्दै प्रजिअलाई ध्यानाकर्ष पत्र बुझाएका हुन । पटकपटक हुम्लाको टेलीफोन सेवामा आएको समस्या समाधानका लागि नेपाल टेलिकममा खबरदारी गर्दा पनि नेपाल टेलिकमले कुनै सुनुवाइ नगरेको मन्दै युवाहरुले आक्रोस पोखेका छन । हुम्लाको टेलिफोन सेवाले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर सम्पर्क नहुने सम्पर्क भएपनि कुरा नबुझिने समस्या आएकाले करिब ५० हजार भन्दा बढी नागरिक यो सेवाबाट बञ्चित हुनु परेको छ । समस्या समाधानका लागि नियममनकारी निकायको समय मै ध्यान जानु जरुरी छ ।

ताजा अपडेट

नेपालवाच विशेष