अमेरिकाका तीन पूर्व राष्ट्रपति बुस, क्लिन्टन र ओबामाले टिभी लाइभमैं कोरोनाको भ्याक्सिन लगाउने

बेलायतले कोरोना भ्याक्सिनलाई मञ्जुरी दिइसकेको छ । अमेरिकामा छिट्टै फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) को स्वीकृति मिल्ने भएको छ । मानिसमा भ्याक्सिनप्रतिको आशंका मेटाउन अमेरिकाका तीन पूर्व राष्ट्रपतिले टिभी लाइभमैं भ्याक्सिन लगाउने भएका हुन् । नव निर्वाचित राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि भ्याक्सिन स्वीकृत हुनासाथ लगाउने बताएका छन् । तर, राष्ट्रपति डाेनाल्ड ट्रम्प भने यो विषयमा अहिलेसम्म केही बोलेका छैनन् । अमेरिकाको तीन पूर्व राष्ट्रपति विल क्लिन्टन, जर्ज बुश र बाराक ओबामाले टिभीमा लाइभमार्फत् भ्याक्सिन लगाउने बताएका हुन् । एफडिएले भ्याक्सिनको मञ्जुरी कहिले दिन्छ भनेर उनीहरु पर्खाइमा रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् । उनीहरु यो कुरा वाइडेन र ह्यारिस पनि उपस्थित भएको सिएनएनको एक शो मा भनेका थिए । भ्याक्सिन सम्बन्धमा आफ्ना नागरिकलाई कुनै किसिमको डर आशंका नहोस भनि उनीहरुले यो कदम चाल्न लागेका हुन् । अबको एक सातामा अमेरिकामा एफडिएले खोपको मञ्जुरी दिने आशा गरिएको छ ।एजेन्सीको सहयोगमा ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया