NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सवारी साधनमा भाडादर नटाँस्नेलाई कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समिति बागलुङले अनुगमनमा कडाइ गरेको छ । समितिले अबदेखि तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँस्ने र बढी भाडा लिनेलाई कारवाही गरिने समेत जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ । समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको छ । सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पुरानै हो । तर कार्यान्वयन भएनभएको अनुगमन भएको थिएन । अब भने जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमन गर्ने र भाडादर नराख्ने र बढी भाडा लिनेलाई कारबाही गर्ने जनाएको हो ।