NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजरले भारतसँग माग्यो अनुमति

कोरोना विरुद्धको खोपको विकास गरिरहेको अमेरिकाको औषधि उत्पादक कम्पनी फाइजरले आफ्नो खोपको आपत्कालीन प्रयोगका लागि भारतसँग अनुुमति मागेको छ । फाइजरले भारतीय औषधी नियामक (ड्रग कन्ट्रालर जनरल अफ इण्डिया)सँग आपतकालीन अवस्थामा खोपको प्रयोगका लागि अनुमति मागेको हो । आपत्कालीन प्रयोगका लागि बेलायत र बहराईनले अनुमति दिए लगत्तै कम्पनीले भारतसँग पनि अनुमति मागेको हो । कम्पनीले डिसिआईडीलाई दिएको आवदेनमा लेखिएको छ, ‘बिक्रीको लागि खोप आयातको अनुमति चाहन्छौ ।’ फाइजर कम्पनीले डिसिआईडीलाई चार डिसेम्बरमा पत्र पठाएको थियो, जसमा कम्पनीले आफ्नो कोभिड खोपको आपत्कालीन प्रयोगको लागि अनुमति माग गरेको छ । कम्पनीले ‘इमर्जेन्सी युज अथोरोइजेसन’ अर्थात ईयूए फर्म सिटी–१८ मार्फत कोभिड खोपको आयातका लागि अनुमति माग गरेको हो । फाइजर एण्ड बायोएनटेकको कोभिड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिनेमा बेलायत पहिलो देश बनेको छ । वेलायतले गत बुधवार अनुमति प्रदान गरेको थियो । बेलायतको औषधि नियामकले फाइजरलाई आपत्कालीन प्रयोगका लागि अस्थाई अनुमति दिएको छ । साथै ९५ प्रतिशत सम्म प्रभावकारी मानिएको यो खोप प्रयोग गर्न सुरक्षित रहेको बताएको छ ।खोप प्रयोगका लागि बहराइनले सिन शुक्रबार मात्र फाइजर कम्पनीलाई अनुमति दिएको छ ।फाइजर कम्पनीका अनुसार यो खोप दुई डोज दिइन्छ । फाइजर ग्लोबलले अमेरिका प्रशासन समक्ष पनि यस खोपको आपत्कालीन प्रयोगका लागि अनुमति माग गरेको छ । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकोले यो खोप भारत भित्र्याउनु चुनौतीपूर्ण छ । भारतीय अधिकारीहरूले पनि खोपको भण्डारणलाई लिएर चिन्ता प्रकट गर्दै आएका छन् । फाइजर कम्पनीका वरिष्ठ अधिकारीहरूका अनुसार चुनौतीबारे जान्दाजान्दै पनि उनीहरूले यस खोप प्रयोगका लागि अनुमति लिने प्रयास गरेका छन् । भारतमा हालसम्म पाँचवटा खोप क्लिनिकल ट्रायलको ‘एडभान्स’ चरण पुगिसकेका छन् । सीरम इन्ष्टिच्यूट अफ इण्डिया, अक्सफोर्ड–एक्स्ट्राजेनेद्धारा तयार पारिएको कोभिड खोप तेश्रो चरणको परीक्षणका क्रममा रहेको छ । जबकी आईसीएमआरको सहयोगमा भारत बायोटेकद्धारा तयार पारिएको स्वदेशी खोपको तेश्रो चरणको ट्रायल परीक्षण सुरु भइसकेको छ । साभार : बीबीसी