NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ नसर्ने !

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् । बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादँ राज्यलाई करोडौ रुपैयाँ आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ । रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलद्वारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायित्व पूरा नभएको भन्दै नयाँ ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए । ‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यही हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उनको प्रश्न छ ‘‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निर्माण सकेर लैजानुपर्छ ,बरु छिटो काम होस्।’ उनले नेकपा विवाद कुनै सैद्धान्तिक र वैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रित भएको टिप्पणी गरे । उनले यस्तो महामारीको बेलामा पार्टीभित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह गरे । संघीय सरकारले जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत क्रियाकलाप गरेको,नीति नियम नमानेको, तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप लगाए । उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए । नेकपा लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालीन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । उनले प्रदेश सरकार दीर्घकालीन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे । उनले भने—‘सरकारले भ्रष्ट्रचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे । बुटवलबाट तत्काल सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए । साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।