NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आजका ‘गुड न्युज’ : कोरोनाको नाममा अतिरिक्त शुल्क लिनेलाई कारवाही हुने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बाहुल्य थियो । दुर्घटना, अपराध, राजनीतिक खिचातानी लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान आगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । – कोरोनाको बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई कोभिड—१९ का बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत उनले बताए । – ७२ अंकले बढ्यो नेप्से सूचक सोमबार सयर बजारमा सकारात्मक असर देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलब ३९ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक १२३ अंकले घटेको थियो । आइतबारको तुलनामा आजको कारोबार रकम घटेको भएपनि कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । – व्यापार सहजीकरणका लागि नेपाल र भारतबीच संयुक्त फोरम गठन हुने नेपाल भारतबीच व्यापार सहजीकरणका लागि दुई देशबीच संयुक्त ‘विजनेस फोरम’ गठन हुने समझदारी भएको छ । भिडियो कन्फेरेन्समार्फत सोमबार भएको उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।