बेलायतकी ९० वर्षिया मार्गरेटलाई लगाइयो कोरोनाविरुद्धको पहिलो खोप

बेलायतकी ९० वर्षिया मार्गरेट किनन कोरोनाविरुद्धको खोप लगाउने विश्वकै पहिलो व्यक्ति बनेकी छिन् । नर्थ आयरल्याण्डकी स्थानीय उनले ९१ वर्षमा प्रवेश गर्नु करिब एक सातापहिले मध्य बेलायतको एक स्थानीय अस्पतालमा फाइजर–बायोएनटेकद्धारा निर्मित खोप लगाएकी हुन् । मानवजातिमा गरिएको ट्रायल परीक्षण पश्चात्त फाइजरको खोप लगाउने किनेन पहिलो व्यक्ति हुन् ।यो खोपलाई उनले जन्मदिनको सबैभन्दा राम्रो उपहार बताएकी छिन् । उनले यो खोप लगाउन अरुलाई प्रोत्साहितसमेत गरिन् । ‘९० वर्षको उमेरमा मैले लगाउन सक्छु भने अरुले किन सक्दैनन् । त्यसैले यो विनाशकारी रोगलाई हराउन पनि सबै खोप लगाउन जाउँ’ उनले भनिन्, ‘खोपका लागि सबैभन्दा पहिले मलाई छानिएको छ । यसका लागि म गौरवान्वित छु । जन्मदिनको केही दिन अगाडी पाएको यो मेरो लागि अनमोल उपचहार हो । मलाई आशा छ कि अब म सामान्य जीवनमा फर्कन सक्छु । नयाँ वर्षमा परिवारको सदस्यसँग भेटघाट गर्न सक्दछु ।’ किननलाई स्थानीय समय अनुसार छ बजेर ३१ मिनेटमा खोप लगाइएको थियो । उनले ब्रिटेनको नेशनल हेल्थ सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत मे पारसंस नामकी महिला नर्सबाट आफ्नो बायाँ पाखुरामा कोरोनाविरुद्धको खोप लगाएकी हुन् । आगामी सातासम्म कोरोनाको खोप आठ लाख व्यक्तिमा लगाइने अपेक्षा गरिएको छ । सुरुमा खोप वृद्धवृद्धा, स्वास्थ्यकर्मीलाई लगाइनेछ । बेलायतले यो खोपको चार करोड मात्रा फाइजरसँग खरिद गर्ने सहमति गरेको छ । यो खोप प्रत्येक व्यक्तिलाई दुई डोज आवश्यक पर्छ । जम्मा ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा यो खोपले २ करोड जनसंख्यालाई खोप लगाउन पर्याप्त हुन्छ । बेलायत विश्वकै पहिलो पश्चिमा देश हो जसले फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्ध खोप प्रयोगका लागि स्वीकृति दिएको थियो । बेलायतको औषधी नियामकले फाइजरको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको हो । युरोपियन देशमध्ये बेलायतमा कोरोनाबाट सबैभन्दा धेरै ६२ हजारको मृत्यु भएको छ ।फाइजर कम्पनीको यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी कम्पनीको छ । यो खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ ।एजेन्सीको सहयोगमा ।
ताजा अपडेट
-
वैदेशिक रोजगारीलाई युरोप डाइभर्ट गर्ने तयारी, मागपत्र निर्देशिका संशोधन गरिँदै
-
आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार
-
नागरिकता विधेयकमा आदेश नै आदेश
-
ऐनविपरीत मारुती सिमेन्टलाई चुनढुंगा उत्खनन गर्न राष्ट्रिय वन क्षेत्रको हजार रोपनी जग्गा
-
कसिलो औँठी लगाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
प्रतिक्रिया