NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

महागनरका मेयर शाक्यद्वारा काम गर्न नसकिएको स्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् । बुधबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । ‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलगअलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन्’ मेयर शाक्यले भने । तोकिएको निकायले काम नगर्ने तर दोष महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्य जिकिर छ । काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष