NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आजका ‘गुड न्युज’ : काठमाडौं–दिल्ली उडान एक साताभित्रै

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे। नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देश बोकेका खबरहरू पनि संप्रेसित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । – दिल्ली उडानको लागि भारतको स्वीकृती नौ महिनापछि भारतसँगको हवाई उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं – दिल्ली उडानका लागि स्वीकृति दिन भारत सहमत भएको छ । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अबको एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुनेछ । क्षेत्रीका अनुसार उडान स्वीकृतिका लागि बिहीवार भारतले पत्र पठाएको हो । दुई मुलुकबीच भएको सहमति अनुसार अब एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान तालिका पेस गरेपछि उडान सुरु हुनेछ । – नेपाल वायुसेवा निगमले १० वर्षमा १२ वटा जहाज खरिद गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १० वर्षे कार्ययोजना प्रस्तुत गरेको छ । निगम सञ्चालक समितिले स्वीकृत गरेको उक्त व्यवसायीक कार्ययोजना अन्तर्गत निगमले अबकोे १० वर्षमा अन्तर्राष्ट्रियतर्फ ६ वटा र आन्तरिकतपर्फ ६ गरी १२ वटा जहाज थप्ने योजना बनाएको छ । अन्तर्राष्ट्रियतर्फ दर्जनौं गन्तव्यमा उडान गर्दै ती जहाजबाट व्यवसायीक सफलता हासिल गर्ने लक्ष्य निगमले लिएको छ । – काठमाडौंका सडकमा दुई हजार बत्ती जोडिने काठमाडौं महानगरपालिका क्षेत्रका मुख्य सडकमा दुई हजार आधुनिक बत्ती जडान हुने भएको छ । बिहीवार काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सहमतिअनुसार पहिलो चारणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायत क्षेत्रका सडकमा बत्ती जडान हुनेछ । – नौ महिना पछि खुल्यो चिडियाखानागत चैत ७ देखि बन्द रहेको सदर चिडियाखाना बिहीबारदेखि खुला गरिएको छ । सुरक्षा मापदण्ड अपनाउनका लागि प्रवेश टिकटको डिजिटलाइजेसनसमेत गरिएको छ । अब अनलाइनमार्फत नै देशकै ठूलो सदर चिडियाखानाको लागि सर्वधारणले टिकट लिन सक्नेछन् । चिडियाखाना प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ । – घट्यो तरकारीको मूल्य मौसमी तरकारीको आपूर्ति बढेपछि सातादिनमै तरकारीको भाउ घटेको छ । हिउँदे तरकारीको उत्पादन सुरु भएसँगै बजारमा धमाधम हरियो तरकारी भित्रिन थालेका छन् । जसका कारण तरकारीको भाउ घटेको छ । गोलभेडा प्रतिकिलो ५० देखि ७५ रुपैयाँसम्म बिक्री भइरहेको छ । गत महिना एक सय भन्दा बढी मूल्यमा बिक्री भइरहेको आलुको भाउ प्रतिकिलो ६३ रुपैयाँसम्ममा झरेको छ । भारतीयसँगै स्वदेशी आलुको पनि मूल्य घटेको छ । त्यस्तै बन्दाकोभी ३० रुपैयाँमा झरेको छ भने काउली २० देखि २५ रुपैयाँमा झरेको छ । किलोको १९० सम्ममा बिक्री भएको मटरकोशा ९५ रुपैयाँमा झरेको छ । लोकल घिउसिमी किलोको ११७ रुपैयाँबाट ९० रुपैयाँमा झरेको छ । ब्रोकाउली किलोको १०० रुपैयाँ पुगेको छ भने पाते च्याउको मूल्य १५० मा झरेको छ ।