NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पैसा उठाइदिन कमानसिंहले प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई गुहारे तर, नारायणकाजीले पैसा दिएनन्

काठमाडौ । बुबाको किड्नीमा समस्या आएकोले ट्रान्सप्लान्ट गर्ने भन्ने थियो । हामीले जग्गा धितो राखेर जलविद्धुतमा लगानी  गरेका थियौ । मेरो कान्छी आमाले भनेपछि बुबाले सुसन कर्माचार्य मार्फत नारायणकाजीलाई साढे दुई करोडको शेयर दिनुभयो । आमाले भन्दिएको कारण उहाँको विश्वासले सुसनलाई दिनुभएको हो । यसरी दिएको शेयरको पैसा बुबाले बारम्बार माग्नुभयो । बुवा किड्नीको विरामी हुनुहुन्थ्यो । यही पैसा आउँछ र उपचार गर्ने बुबाको तयारी थियो । किड्नीमा समस्या आएकोले ट्रान्सप्लान्ट गर्ने कुरा थियो । तर, नारायणकाजीले पैसा नदिदा उपचार नपाउँदै बुबाको मृत्यु भयो ।   जति ताकेता गर्दा पनि पैसा उठाउन नसकेपछि बुबाले फेसबुकमा लामो स्टाटस लेख्नुभएको हो । पोहोरको फागुनबाट बुबाले पैसा माग्न थाल्नुभएको हो । पैसाको लागि पार्टीदेखि सबैतिर गुहार्ने काम भयो । कसैले सहयोग गर्दिन्छ की भनेर घरीघरी जानुहुन्थ्यो । तर, पैसा उठेन । बुबाले ज्यान नै गुमाउनुभयो । तर कतैबाट पनि केही भएन । बरु ज्यान नै गयो । पार्टीमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, नारायणकजी सबैलाई भन्यौं । प्रचण्डलाई भन्न बुवासँग म पनि गएको थिएँ । तर म भित्र गइनँ । प्रचण्डले गर्दिन्छु भन्नुभएको थियो । कुरा गरेर मिलाइदिन्छु भन्नुभएको थियो भनेर बुबा निक्कै उत्साहित पनि हुनुन्थ्यो । बुबालाई कोभिड हुनुभन्दा अगाडी हामी पैसा दिलाइमाग्न नेताहरुकोमा पुगेका थियौं । प्रधानमन्त्रीले पनि पार्टीमा समस्या भइरहेको छ । म सहयोग गर्दिन्छु भन्नुभएको थियो । नेताहरुले आश्वासन दिएपछि बुबा खुशी भएर आउनुहुन्थ्यो । तर, उहाँले आफ्नै पैसाबाट उपचार गर्न पनि पाउनुभएन ।  बुबा घरीघरी जानुहुन्थ्यो । कसैले सहयोग गर्दिन्छ की भनेर । बरु आफ्नै ज्यान गयो । घरीघरी भन्दा पनि सुसनले पैसा दिइनन् । पैसा नदिएपछि नारायणजीसँग कुरा गर्न हामी गएका थियौ । नारायणकाजीले कुरा बिगार्छ भन्ने लागेर बैनी (मेरो नन्द)ले भिडियो खिचेको हो । अहिले सार्वजनिक भएको भिडियो त्यही हो । बुबाले दिएको सेयरको बेलामा मनिप्लान्ट भन्ने फाइनान्सबाट पैसा निकालेर बुबालाई दिएको देखाएको छ । तर, बुबाले पैसा लिएको छैन । मनि प्लान्टकै नाममा डिपोजिट छ । याे पनि पढ्नुस् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाकाे दुइ करोड ५० लाख घोटाला गरेको भिडियो सर्वजनिक (भिडियाे सहित)