NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कमानसिंह लामा परिवारको दाबी : पैसा फिर्ता नपाउँदा उपचार नपाएर बुबाको निधन [अडियो कुराकानी]

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य, पूर्व सांसद एवं कोरियाका लागि राजदुत भएका कमानसिंह लामाको बिहीवार निधन भयो । कोरोना संक्रमण भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अवस्थामै कोरोनाको कारण उनको निधन भएको थियो । लामाको निधनसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडिएको उनको आर्थिक कारोबारको विषय सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडियोमा नेता श्रेष्ठले एउटा हाइड्रो कम्पनीमा सेयर, स्वामित्व, ऋणसहितका विषयमा कुराकानी गरेका छन् । लामाको परिवारले नारायणकाजीकी सचिवालय सदस्य सुसन कर्माचार्यबाट साढे दुई करोड रकम नउठेको भन्दै प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्डदेखि नारायणकाजीसम्मलाई गुहारेका छन् । तर, नारायणकाजीले भिडियो संवादमा मध्यथताभन्दा आफैं कारोबारी जसरी प्रस्तुत भएका छन् । तर, दुई करोड रुपैयाँ पैसा नदिएको र त्यो पैसा नआउँदा मिर्गौंलाको रोगी रहेका लामाले उपचार गर्न नपाएको पारिवारको गुनासो छ । श्रेष्ठले सुसनबाट याे पैसा नदिँदा लामा मानसिक तनावबाट गुज्रिएको पारिवार बताउँछ ।लामाकी बुहारी मिनु लामासँग नेपालवाचले गरेको कुराकानी : https://www.youtube.com/watch?v=4rhyGTcefvc याे पनि पढ्नुस् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाकाे दुइ करोड ५० लाख घोटाला गरेको भिडियो सर्वजनिक (भिडियाे सहित) पैसा उठाइदिन कमानसिंहले प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई गुहारे तर, नारायणकाजीले पैसा दिएनन् माओवादीका पूर्व सांसद कमानसिंह लामाले मृत्युको ८ दिन अघि लेखेका थिए यस्तो मार्मिक स्टाटस