NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विष्णु रिजालको चुनौती : हिम्मत भए आयोग गठन गरेर सादगी नेता श्रेष्ठमाथि छानविन गर

काठमाडौं । सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउमा उत्रेका छन् । बिहीबार निधन भएका पूर्व सांसद् कमानसिंह लामासँगको आर्थिक लेनदेनमा श्रेष्ठले मध्यस्थता गरेको अडियोभिडियो सार्वजनिक भएको थियो । ‘सार्वजनिक अडिओ–भिडिओ अनुसार उहाँरुले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन,’ नेता रिजालले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘ तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ– को नेता र तिनका छोराहरू के–केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।’ उनले नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पानी ट्यांकीमा पैसा राखेको प्रसंग पनि कोट्याएका छन् । उनले भनेका छन्,‘शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जाँदैन र ?’ उनको स्ट्याटस यस्तो छ : शीर्षकमा रिजाल हुनुपर्नेमा रिमाल भएकाेले सच्चाइएकाे छ : सम्पादक याे पनि पढ्नुस् कमानसिंह लामा परिवारको दाबी : पैसा फिर्ता नपाउँदा उपचार नपाएर बुबाको निधन [अडियो कुराकानी]