NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नारायणकाजीको वचाउमा प्रचण्डले भने : सुसन एकदम ‘ट्यालेन्ट’ र व्यवस्थापनमा माहिर छिन्, नारायणकाजीलाई शंका नगर्नुस्

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेयर विवादमा तानिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउमा उत्रिएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले आइतबारको स्थायी समिति बैठकमा पार्टी प्रवक्ता श्रेष्ठ र श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यकाे बचाउ गरेकी हुन् । प्रवक्ता श्रेष्ठ र उनको स्वकीय सचिव सुसन कर्मचार्य आफ्नै नेताले सञ्चालन गरेको याम्बालिङ हाइड्रोपावर प्रा.लि.को सेयर विवादमा तानिएका छन् । स्थायी समिति बैठकमा प्रचण्डले दिवंगत कमानसिंह लामालाई आफुले २०३८ सालदेखि नै चिनेको भन्दै प्रसंग अघि बढाएका थिए । ‘म पार्टीको युवा संघको अध्यक्ष हुँदा कमानसिंह लामा केन्द्रीय सदस्य हुनुहुन्थ्यो, उहाँ कलाकारीतामा पनि काम गरेका हक्की स्वभावका मान्छे हुनुहुन्थ्यो ।’ स्थायी समिति बैठकमा प्रचण्डले सुसनलाइ क्षमतावान महिलाको रुपमा चिनाउने प्रयास गरेका थिए । प्रचण्डले भने, ‘ म सुसन कर्माचार्यलाई पनि चिन्छु । सुसन हाम्रो नरबहादुर कर्मचार्यकी भतिजि हुन् । जनयुद्ध सुरु हुनुभन्दा पाँचरसात वर्ष अघि नरबहादुर कर्मचार्यको संरक्षणमा म उनकै घरमा बसेको थिएँ ।’ ‘त्यतिबेला सुसन सानी बच्चा थिइन् । एकदम ‘ट्यालेन्ट’ र अहिले पनि त्यस्तै छिन् । ठुला ठुला व्यापाररव्यवसाय गर्न सक्ने, व्यवस्थापन गर्न माहिर छिन् ।’ प्रचण्डले जलविद्युतबारे देखिएको विवाद समाधान गरिदिनुपर्यो भनेर कमानसिंह लामा दुई पटक आफ्नो घरमा आएको समेत बताए । उनले भने, ‘यो खासै ठूलो विवादको विषय होइन । जम्मा ५५ लाखको कुरा हो ।’ नेता लामाले विवाद मिलाइदिन पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएको समेत जानकारी दिए । कमानसिंहले पार्टीको केन्द्रीय कार्यालयमा पनि निवेदन दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा र मलाई पनि निवेदन दिनुभएको थियो । प्रचण्डका अनुसार आइतबार प्रधानमन्त्री ओलीले सुसनलाई भेट्ने तय भएको छ ।