NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘राजा आउ देश बचाउ’को नारा ओलीका कारण लाग्यो : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली सरकारकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको बताएका छन् । सरकारविरुदको विरोध प्रदर्शनपछि मकवानपुरको हेटौडामा सम्बोधन गर्दै देउवाले सरकारका क्रियाकलापबाट आजित भएपछि सडकमा राजा आउ देश बचाउको नारा लागेको आरोप लगाएका हुन् । ‘अहिले सडकमा राजा आउ देश बचाउ भनेर नारा लागेका छन् । यसरी नारा लाग्नुमा कम्युनिष्ट सरकारकै हात छ । प्रधानमन्त्री केपी ओलीका नै यसका लागि जिम्मेवार छन्’ देउवाले भने, ‘कम्युनिष्ट सरकारबाट आजित भएपछि यसरी सडकमा नारा लागेको छ । तर, सडकमा नारा लाग्दैमा राजा आउँदैनन् ।’ राजाहरुलाई कांग्रेसले ठाउँ दिए पनि उनीहरुले प्रजातन्त्र नसहेको देउवाको भनाई छ । ‘हो हामीले हिजो राजाहरुलाई मानेका हौं । ल्याएका पनि हौं तर, राजाहरुले प्रजातन्त्र सहेनन् । अब सडकमा केहीले नारा लगाए भन्दैमा उनीहरुको फेरि आउने सम्भवना छैन’ देउवाले भने, ‘की ओली नै राजावादीहरुसँग मिलेका हुन् ? अन्यथा यसरी राजाको पक्षमा आन्दोलन हुनै नपर्ने हो । राजा आउ देश बचाउ भन्नेहरु ओलीकै कारण सिर्जना भएपनि राजा आउने सम्भावना छैन ।’ राजाले आफूलाई पटकपटक दुःख दिएको भन्दै देउवाले राजा आउने सम्भावना नरहेको प्रष्ट्याए । राजा आउ देश बचाउ भन्नेलाई म भन्न चाहन्छु । राजालाई प्रजातन्त्रको खिलाफ जान्न मैंले भनेको हाे। अरु जे गर्न तयार छु भनेकै हुँ’ देउवाले भने, ‘तर, राजा ज्ञानेन्द्रले मलाई जेल हाले । तर, स्वतन्त्र अदालतले छोड्यो । अहिले त अदालताई समेत निष्पक्ष हुन दिइरहेको छैन । त्यसैले हामी न्यायपालिकालाई निष्पक्ष बनाउन पनि दबाब दिन उभिएका छौं ।’ कांग्रेस संवैधानिक गणततान्त्रिक शासनको पक्षमा रहेको भन्दै कसैले शंका मान्न नपर्ने बताए ।बढ्दो भ्रष्टाचार, दण्डहीनता, निषेधको राजनीतिले सरकार बदनाम भएको देउवाको आरोप छ । ‘कोरोनाको महामारीमा पनि पनि घुस खाने, भ्रष्टाचार गर्ने सरकार छ । कम्युनिष्टको सरकार बनेपछि बलात्करको घटना बढेका छन् । कञ्चनपुरमा बलात्करपछि हत्या भएकी निर्मला पन्तले अहिलेसम्म न्याय पाएकी छैनन्’ देउवाले भने, ‘पन्तको बलात्कारपछि हत्यामा कोही पनि नपक्डिनु भनेको यिनै कम्युनिष्ट पार्टीहरुको संलग्नता छैन ? भन्ने श‌ंका बढाएकाे छ । होइन भने किन पक्राउ गरिरहेको छैनन् ? देशमा एकतर्फी, एकलौटी शासन गर्न खोजिएको भन्दै देउवाले जनतालाई विरोध गर्ने अधिकारबाट पनि बञ्चित गर्न खोज्नु भनेको सर्वसत्तावादको बाटो भएको आरोप लगाए । कम्युनिष्टको शासनबाट वाक्क भएकोले कोरोनाको महामारीको बेला पनि जनता यसरी सडकमा आएको उनको भनाई थियो । आफूले यसअघिदेखि कम्युनिष्ट सरकार आए बोल्न मात्रै होइन रुन पनि नपाइने भनेको विषय चरित्रार्थ हुँदै गएको देउवाको भनाई थियो । ‘मैंले पहिले पनि कम्युनिष्ट आए बोल्न मात्रै होइन रुन पनि पाइदैन भनेको थिएँ’ देउवाले भने, ‘कम्युनिष्ट सरकारले किन रोएको भनेर जेल हाल्न पनि बेर छैन ।’ कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले हरेक चुनौत र संकटमा काम गरेको भन्दै फेरि पनि कांग्रेस बलियो भएर आउने बताए । ‘हरेक चुनौतीमा र संकटमा कांग्रेसले अगुवाई गरेको छ । कांग्रेस अहिले सरकारका छैन । सरकारमा रहे पनि चुनाव जिते पनि नजिते पनि कांग्रेस जेठो हो’ शर्माले भने, ‘कांग्रेसको अगाडि अन्तरे र जन्तरेहरु कहिल्ये जेठो हुन सक्दैनन् ।’ कम्युनिष्ट सरकारबाट जनता आजित भए पनि व्यस्थाविरुद्ध नागरिकमा वितृष्णा नरहेको शर्माले बताए ।