NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १२ गते

प्रधानमन्त्रीका सल्लाहकार थापाले सामाजिक संजालबाट सभामुखको दायित्व र कर्तव्य सम्झाए

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन् । सामाजिक संजालमा लेख्दै थापाले संवैधानिक दायित्व र कर्तव्य विपरीत परिषद्को बैठकमा नआएको बताएका हुन् । सभामुख पार्टीभन्दा माथि निष्पक्ष हुनुपर्ने कानुनी प्रावधानको व्याख्या पनि थापाले गरेका छन् ।