NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

काठमाडाैं। राष्ट्रपति विद्या भण्डारी भेट्न प्रधानमन्त्री केपी ओली शितलनिवास पुगेका छन् । दिनभरको राजनीतिक दौडधुपपछि ओली राष्ट्रपति भण्डारी भेट्न गएका हुन् । सरकारले ल्याएको संवैधानिक परिषद्सम्वन्धि अध्यादेशको चौतर्फी विरोध पार्टीको स्थायी समितिको बैठकले फिर्ता लिन निर्देशन दिएको थियो । उनले अध्यादेश राष्ट्रपति भण्डारीसँगको सल्लाह र परामर्शपछि मात्रै फिर्ता लिने अडानमा थिए । उनी अध्यादेश फिर्ता लिने/नलिने भन्ने विषयमा राष्ट्रपतिसँग पराशर्म गर्नका लागि शितलनिवास गएको स्रोतको दाबी छ ।