NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

महंगा विदेशी पाइलट पाल्दै वायुसेवा निगम, नेपाली पाइलटको न क्षमता अभिवृद्धि गरिन्छ, न भूमिका दिइन्छ

काठमाडौं । नेपाली पाइलटले धेरै उडान गर्ने तर उनीहरूको तलव भने कम उडान गर्ने विदेशी पाइलटको तुलनामा असाध्यै न्यून भएकोमा आलोचना भएपछि नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले १२ कात्तिकमा ६ महिनाभित्र सबै विदेशी पाइलट विस्थापन गर्ने निर्णय गरे । ‘३० मध्ये ६ जना विदेशी पाइलटलाई हाम्रो स्वार्थका लागि ४० प्रतिशत तलबमा राखिरहेका छौं, ६ महिनामा हटाउछौं,’ पौडेलले भनेका थिए । विगतमा मासिक १८ लाख रुपैयाँको हाराहारीमा तलब बुझ्ने विदेशी पाइलटले हाल सात लाख १८ हजार रुपैयाँका दरले तलब पाउँदै आएका छन् । खर्च कटौती भएपनि अहिलेसम्म विदेशी पाइलटलाई विस्थापन गर्नेगरी स्वदेशी पाइलटलाई सक्षम बनाउनेतिर निगमले ध्यान दिएको छैन । उडान घण्टा पुगेका को–पाइलटलाई अझै क्याप्टेनको तालिम दिइएन निगमले विदेशी पाइलट हटाउने निर्णय गर्दा अध्यक्ष सुशील घिमिरेले एयरबस ३२० का क्याप्टेनलाई तालिम दिएर ३३० का लागि सक्षम गर्न लागिएको बताएका थिए । तर, उनले यो कुरा भनेको एक वर्ष दुई महिना बितिसक्दा पनि तालिमका लागि पर्याप्त तयारी नथालिएको निगम अधिकारीहरू बताउँछन् । विगतमा मासिक १८ लाख रुपैयाँको हाराहारीमा तलब बुझ्ने विदेशी पाइलटले हाल सात लाख १८ हजार रुपैयाँका दरले तलब पाउँदै आएका छन् । खर्च कटौती भएपनि अहिलेसम्म विदेशी पाइलटलाई विस्थापन गर्नेगरी स्वदेशी पाइलटलाई सक्षम बनाउनेतिर निगमले ध्यान दिएको छैन । ‘अहिलेसम्म कम्तीमा पनि एयरबस ३३० का लागि क्याप्टेन बनाउने तालिम गर्नुपर्ने थियो, तर अहिलेसम्म भएको छैन,’ निगमका एक अधिकारीले भने, ‘दशैंअघि एउटा क्लास भयो, त्यसपछि अत्तोपत्तो छैन ।’ हाल एयरबस ३२० र ३३० मा कार्यरत अघिकांश को–पाइलटको क्याप्टेन बन्नका लागि उडान घण्टा पुगिसकेको छ । त्यससँगै आइपी (इन्स्ट्रक्टर पाइलट) बन्नका लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएका क्याप्टेनले पनि अझै स्वीकृती पाउन सकेका छैैनन् । यी जनशक्तिलाई निगमले परिचालन गर्न नसकेको अधिकारीहरू बताउँछन् । निगमकै अर्का एक अधिकारी भने केही स्वदेशी पाइलट कोरोना भाइरसबाट संक्रमित भएका कारण तालिम हुन नपाएको बताउँछन् । ‘कोभिडका कारण तालिम हुन नपाएको हो, जनावरीको पहिलो हप्ताबाट तालिम सुरु गर्ने योजनामा छौं,’ उनले भने । केही विदेशी पाइलटले त उडानै नभरी मासिक सात लाख रुपैयाँमाथिको तलव बुझ्दै आएका छन् । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल भने तालिमका लागि पठाउने पाइलटहरूको नाम टुंगो लागिसकेको बताउँछन् । ‘आठ जनालाई पठाउने निश्चित भइसक्यो,’ उनले भने, ‘सबै प्रत्रिया टुंगिएर अब भिसाको काम मात्रै बाँकी छ ।’ तालिम लिएर आएपछि नागरिक उड्डयन प्राधिकरणको मापदण्ड पूरा गरेपछि क्याप्टेन हुन्छन् । पाँच वर्षमा विस्थापन गर्नुपर्ने विदेशी पाइलट ६ वर्षसम्म पनि कायमै एयरलाइन्सले नयाँ विमान ल्याएको पाँच वर्षभित्रमा नेपाली पाइलट उत्पादन गरी विदेशी जनशक्तिलाई विस्थापन गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को हवाई सञ्चालनसम्बन्धीको निर्देशिका ‘एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट, २०१२’ मा उल्लेख छ ।तर, निगमले ए–३२०(न्यारोबडी) जहाज ल्याएको ६ वर्ष भइसक्दा पनि उक्त जहाज सम्हाल्न सक्नेगरी नेपाली क्याप्टेनलाई सक्षम बनाएको छैन । अर्कातिर विगत १८ महिनायता वाइडबडी जहाजका लागि पनि एकजना पनि नयाँ नेपाली क्याप्टेन उत्पादन भएका छैनन् । यता आइपीको काम पनि नहुने र उडान पनि नगर्नाले यसले निगमको खर्च फेरि बढाइरहने एक क्याप्टेन बताउँछन् । हाल एयरबस ३२० र ३३० मा कार्यरत अघिकांश को–पाइलटको क्याप्टेन बन्नका लागि उडान घण्टा पुगिसकेको छ । त्यससँगै आइपी (इन्स्ट्रक्टर पाइलट) बन्नका लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएका क्याप्टेनले पनि अझै स्वीकृती पाउन सकेका छैैनन् । उपलब्ध जनशक्तिलाई सक्षम नबनाउने त छँदैछ अर्कातिर उत्पादन भएका जनशक्ति पनि परिचालन गरेको छैन । नेपाली क्याप्टेनले आफ्नो क्षमता अनुसार पर्याप्त उडान गर्न पाइरहेका छैनन् । नयाँ क्याप्टेन उत्पादनका लागि क्षमता अभिवृद्धि गरिरहेको निगम व्यवस्थापनले बताउँदै आएपनि काम भने सुरु नभएको ए–३२० का एक क्याप्टेन बताउँछन् । पाँच दिनमा सकिन्छ क्याप्टेन बनाउने तालिम विदेशी पाइलट विस्थापन गर्ने हो भने ए—३२० का क्याप्टेनलाई ए–३३० को क्याप्टेन बनाउने गरी तालिम (सिसिक्यु) दिनुपर्छ । एक वरिष्ठ क्याप्टेनका अनुसार यो तालिम पाँच दिनमै गर्न सकिन्छ । यसको शुल्क प्रति क्याप्टेन आठ हजार डलर छ । कुन जहाजमा कति नेपाली – विदेशी पाइलट ? हाल ए–३२० मा १८ जना नेपाली क्याप्टेन छन् । उक्त जहाजमा ठूलो संख्यामा विदेशी पाइलट राखेको भन्दै आलोचना भएपछि निगमले केही समयअघि १३ पाइलटलाई एकैपटक हटाएको थियो । एक विदेशी पाइलटको भने नवीकरण गरी यथावत राखिएको थियो । त्यस्तै, ए–३३० मा चार नेपाली र चार जना नै विदेशी क्याप्टेन छन् । उपलब्ध जनशक्तिलाई सक्षम नबनाउने त छँदैछ अर्कातिर उत्पादन भएका जनशक्ति पनि परिचालन गरेको छैन । नेपाली क्याप्टेनले आफ्नो क्षमता अनुसार पर्याप्त उडान गर्न पाइरहेका छैनन् । एक अधिकारी निगमलाई केही विदेशी पाइलट आवश्यक पर्ने बताउँछन् । ‘तालिमका लागि एक/दुइजना चाहिने हुनसक्छ,’ उनले भने, ‘ए–३२० को लागि कोही पनि चाहिँदैन, तर, ए–३३० मा भने चाहिन सक्छ, बोल्नेले ६ महिनापछि के गर्ने भन्नेतिर टाउको दुखाउँदैनन् !’ कतै फालाफाल, कतै अभाव न्यारोबडी जहाज ए–३२० लाई १४ क्याप्टेन भए पुग्छ । तर, उक्त जहाजमा हाल १८ जना क्याप्टेन छन् । हाल ए–३२० दुई वटा छन् । त्यस्तै, दुई वटा ए–३३० लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने १८ जना क्याप्टेन आवश्यक पर्छ । तर, हाल त्यसका लागि जम्मा चारजना नेपाली क्याप्टेनमात्र छन् । अनावश्यक रुपमा विदेशी पाइलटको नवीकरण हाल ए–३२० मा १८ जना नेपाली क्याप्टेन छन् । उक्त जहाजका लागि यति पाइलट पर्याप्त हो । तर, पर्याप्त पाइलट भएको यो जहाजका लागि गत सेप्टेम्बरमा विदेशी पाइलट नागराज शंकरमूर्तिको आगामी फेबु्रअरीसम्मका लागि नवीकरण गरियो । ‘उनको विस्थापन गर्नका लागि अर्को आइपी आवश्यक भए पनि निगमले गत १८ महिनादेखि क्याप्टेन उत्पादन गरेको छैन,’ एक वरिष्ठ क्याप्टेनले भने । न्यारोबडी जहाज ए–३२० लाई १४ क्याप्टेन भए पुग्छ । तर, उक्त जहाजमा हाल १८ जना क्याप्टेन छन् । हाल ए–३२० दुई वटा छन् । त्यस्तै, दुई वटा ए–३३० लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने १८ जना क्याप्टेन आवश्यक पर्छ । तर, हाल त्यसका लागि जम्मा चारजना नेपाली क्याप्टेनमात्र छन् । नेपालीलाई नै पूर्ण रुपमा परिचालन गर्न नसकेको अवस्थामा विदेशी पाइलट नवीकरण गर्नुपर्ने खाँचो नभएको निगमका अधिकारी बताउँछन् । नेपाली भन्दा चार गुणा बढी तलव बुझ्छन् विदेशी पाइलट पारिश्रमिकमा निगमले नेपाली पाइलटमाथि विभेद गरेको नेपाली पाइलटहरूको गुनासो छ । हाल ए–३३० जहाजका नेपाली पाइलटले कर कट्टा गरेर एक लाख ८५ हजार रुपैयाँ मासिक तलव बुझ्छन् । जबकी सोही जहाज उडाउने विदेशी पाइलटले मासिक सात लाख तलव निगमबाट बुझ्छन् ।यसअघि त यस्तो विभेद झनै उच्च थियो । चैतअघि विदेशी पाइलटले मासिक भण्डै १६ लाख तलव बुझ्थे । चैतदेखि ५० देखि ६० प्रतिशतसम्म तलव तथा सेवासुविधा कटौती गर्ने निर्णय निगमले लिएसँगै उनीहरूको तलव सात लाख रुपैयाँको हाराहारीमा ओर्लेको थियो । तर, छैन तलवअनुसारको काम केही विदेशी पाइलटले त उडानै नभरी मासिक सात लाख रुपैयाँमाथिको तलव बुझ्दै आएका छन् ।ए–३२० तर्फका पाइलट नागराज शंखरमूर्तिले गत वैशाखदेखि असोजसम्म एउटै पनि उडान नगरी मासिक सात लाख रुपैयाँ तलव बुझेका थिए । कात्तिकपछिमात्रै उनको उडान रेकर्ड सुरु भएको छ । कात्तिक महिनामा उनी २४ घण्टामात्रै उडेका छन् । उनैले गत वर्ष जम्मा २१ घण्टा जहाज उडाएर मासिक १८ लाख रुपैयाँ तलव बुझे । जबकी एक जना पाइलटले वाािर्षक एक हजार घण्टासम्म उडान गर्न सक्छ । हाल ए–३३० जहाजका नेपाली पाइलटले कर कट्टा गरेर एक लाख ८५ हजार रुपैयाँ मासिक तलव बुझ्छन् । जबकी सोही जहाज उडाउने विदेशी पाइलटले मासिक सात लाख तलव निगमबाट बुझ्छन् । ए–३३० जहाजका क्याप्टेन सुधीर टमोरले सेप्टेम्बरदेखि एउटा पनि उडान गरेका छैनन् । करार अवधि नवीकरण भएदेखि यता उनले एउटै पनि उडान गरेका छैनन् । अर्का क्याप्टेन सुधीर गौर विगत ६ महिनायता ५० घन्टामात्रै उडेका छन् । विदेशी पाइलटको करार सकिन लाग्यो, महंगोमा करार गरेका पाइलटबाट छैन लाभ हाल निगमको ए–३३० जहाजमा प्रिया पाल, सुधीर टमोर, करणजीत र सुधीर गौर गरी चारजना विदेशी पाइलट छन् । क्याप्टेन सुधीर टमोरको करार अवधि आगामी मार्चसम्म छ । अर्का क्याप्टेन सुधीरको डिसेम्बर २०२१ सम्मको करार छ । महंगोमा करार गरेर ल्याएका यी पाइलटबाट निगमले लाभ भने लिन सकेको छैन । त्यस्तै, प्रिया पालको २१ फेब्रअरीसम्मको करार अवधि छ भने करणजीतको २१ डिसेम्बरसम्मको करार अवधि छ, तर उनी अहिले बेतलवी विदामा छन् । ए–३२० का नागराज शंखरमूर्तिको करार अवधि फेब्रुअरी २१ सम्म छ । महंगोमा करार गरेर ल्याएका यी पाइलटबाट निगमले लाभ भने लिन सकेको छैन ।