किरण चेमजोङ बने एसियाकै साताको उत्कृष्ट खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन् । गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो । अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन् । किरणले सर्वाधिक ५५।६९ प्रतिशत भोट पाए । दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे। उनले २०।७२ प्रतिशत भोट प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए । सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया