जहाँ मृतककाे अन्त्येष्टिका लागि समय पर्खिरहेछन् आफन्तहरू [फोटोफिचर] - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख १६, २०७८ बिहीबार


जहाँ मृतककाे अन्त्येष्टिका लागि समय पर्खिरहेछन् आफन्तहरू [फोटोफिचर]


काठमाडौं । कोरोना महामारीका अहिले भारतको अवस्था सबैभन्दा भयानक छ । कतै अक्सिजन नपाएर मानिसले ज्यान गुमाएका छन् भने कतै अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मानिसहरु छटपटिरहेका छन् ।

अर्कातिर, अस्पतालमा बेड नपाएजस्तै एम्बुलेन्स पाउन पनि कठिन अवस्था सिर्जना भएको छ भारतमा । स्वास्थ्यकर्मीसमेत संक्रमणको यो स्थितिका कारण निकै दबाबमा छन् ।

महामारीको प्रकोप यतिसम्म भयावह भएको छ कि शवदाह गर्ने ठाउँसमेत नपाएर सडकमै मान्छे जलाउन बाध्य छन् । शोकाकुल परिवारलाई आफ्नै आफन्तको लासको अन्त्येष्टी गर्नसमेत समय पर्खिनु परेको छ ।

कोरोना संक्रमणको उच्च प्रकोपसँग जुघिरहेको भारतका विभिन्न ठाउँका तस्बिरहरु विभिन्न सञ्चार माध्यमले खिचेका छन् । महामारीको भयावहस्थित देखाउने केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

तस्बिरः गेट्टी इमेज
तस्बिरः गेट्टी इमेज
तस्बिरः गेट्टी इमेज
तस्बिरः सुमित कुमार
तस्बिरः राेयटर्स
तस्बिरः राेयटर्स
तस्बिरः राेयटर्स
तस्बिरः राेयटर्स
तस्बिरः राेयटर्स
तस्बिरः गेट्टी इमेज
तस्बिरः इपिए
तस्बिरः इपिए

प्रतिक्रिया दिनुहोस्