कोरोना संक्रमित न्याय परिषद् सदस्य निरालाको निधन - Nepal Watch Nepal Watch

कोरोना बिशेष

बैशाख २१, २०७८ मंगलबार


कोरोना संक्रमित न्याय परिषद् सदस्य निरालाको निधन


काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि गत वैशाख १० मा भर्ना गरिएको थियो । कोरोना संक्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भई काठमाडौंको गौरीघाट निवासी खड्काको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान छ । सोही योगदानकै कारण कानुन व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् सदस्य चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्