NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बनेपामा आइतबारदेखि कोभिड समर्पित अस्पताल सञ्चालन हुने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ । नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको श्यया हुने छ । नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए ।