ए डिभिजन लिग असोज ३ गतेदेखि गर्ने एन्फाको निर्णय
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले सोमबार १४ वटा क्लबका पदाधिकारीहरु सँगको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन ।
प्रतिक्रिया