NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आमिरको चलचित्र ‘लालसिंह चड्डा’को प्रदर्शन मिति तोकियो

एजेन्सी – प्रतिक्षित चलचित्र लालसिंह चड्डाको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी अप्रिल १४ मा संसारभरका हजारा सिनेमाघरमा एकसाथ प्रदर्शन हुने आमिर खान प्रोडक्सनले जनाएको छ । यो चलचित्रलाई आमिर खान प्रोडक्सन तथा वायकम–१८ स्टुडियोले निर्माण गरेको हो । चलचित्रमा आमिर र उनकी पूर्वपत्नी किरण रावले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका हुन् । आमिरसँगै करिना कपुरलगायतका कलाकारको अभिनय रहेको चलचित्र प्रतिक्षित बलिउड फिल्म हो । यो चलचित्र पनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । त्यसबेला यसलाई कोटिटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने हल्ला पनि थियो । तर, आमिरले आफ्ना दर्शकको मनोभाव बुझेर हलमै प्रदर्शन गर्ने अडान लिएका थिए ।