NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

साथीहरूले परिवर्तन चाहनुभएन, नयाँ फिचर छाडेर बोली नबुझिनेतिरै जानुभयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरबाट उपसभापतिका उम्मेदवार बनेका चन्द्र भण्डारीले कांग्रेसका प्रतिनिधले चाहना परिवर्तनको गरे पनि बोली नबुझिनेतिरै रोजेको बताएका छन् ।  राष्ट्रिसभा गृहमा मतदातालाई धन्यवाद दिन सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गरेको धन्यवाद कार्यक्रममा भण्डारीले जानाजान प्रतिनिधिहरूले परिवर्तनको बाटोबाट मुख फेरेको बताए ।  उनले प्रविधिको उदाहरण दिँदै नेता कार्यकर्ताहरूलाई भने, ‘हामीले नयाँ फिचरसहित परिवर्तन ल्याउने भन्यौं । तर, साथीहरूको रोजाई बोली नबुझिनेतिरै गयो । तर, केही छैन । अर्को महाधिवेशनमा यही हलले नेतृत्व गर्नेछ ।’ उनले अघि भने, ‘हामीले अहिलेको आवश्यकताअनुसार नयाँ परिवर्तन दिन खोज्यौं । तर, साथीहरूले परिवर्तन चाहनुभएन । आज सत्ता र शक्तिका लागि साथीहरूले पुरानै प्रविधि छनोट गर्नुभयो । बुढो डाक्टरले पुरानै शैलीबाट कसरी बिरामीको गुणस्तरीय उपचार गर्न सक्छ र ?’ साथै उनले देउवा सरकारमा नभएकाे भए चुनावमा जित्न असम्भव भएकाे बताए । सत्ता र शक्तिकाे लाेभ देखाएर प्रतिनिधिलाइ प्रलाेभनमा पारेकाे उनकाे भनाइ छ ।