NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नीता र हरिहरकाे बिहे अर्काे वर्ष

काठमाडौं । अहिलेसम्म दुई जनाले खुलेरै घोषणा नगरे पनि नीता ढुंगाना र हरिहर अधिकारी बिहे गर्नेसम्मको निर्णयमा पुगिसकेका छन् ।  यदि हरिहरका बुबाको असमायिक निधन नभएको भए यतिबेला उनीहरूले लगनगाँठो कसिसकेका हुन्थे । तर, बुबाको निधनपछि एक वर्ष बिहे हुँदैन, सोही कारण अहिले उनीहरू अर्को वर्ष बिहे गर्ने निर्णयमा पुगेको उनीहरू निकट स्रोतले बताएको छ । त्यसो त यो विषयबारे पूरै चलचित्र उद्योग समेत जानकार छ । हरिहर र नीताको प्रेम सम्बन्ध सुरु भएको २ वर्ष भयो । अहिले उनीहरू गहिरो प्रेम सम्बन्धमा छन् । उनीहरू एक नयाँ चलचित्रकोसमेत योजना बनाइरहेका छन् ।  तर, उनीहरूले अहिलेसम्म यो घोषणा भने गरेका छैनन् । अहिले नीता ढुंगानाको निर्देशनमा हरिहरले एपीवान टेलिभिजनमा एटा टक शो कार्यक्रम सुरु गरेका छन् ।  

ताजा अपडेट

नेपालवाच विशेष