मिलन पाण्डे विवेकशील साझाबाट निष्काशित
काठमाडौं । मिलन पाण्डे विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका छन् । पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको घोषणा गरेपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नहरने गरी कारबाही गरेको हो । संयोजकको जिम्मेवारीमा रहँदा पार्टीलाई क्षति पुर्याएको बताइएको छ । साथै केन्द्रीय कमिटीले बोलाएको बैठकमा लगातार अनुपस्थित भएर पार्टी सिध्याउने नियत राखेको आरोपसमेत छ । पुस ४ गते सम्मका लागि केन्द्रीय कार्यसम्पादन समितिले स्पष्टिकरण सोधेको थियो । तर, उनले एकदिन ढिलो गरी सञ्चारमाध्यमबाट जवाफ प्रस्तुत गरेका थिए । कारबाही पत्रमा भनिएको छ, ‘तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ ।’ समानान्तर समिति घोषणा गरेपछि पार्टीको साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरिएको विवेकशील साझा पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया