NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मिलन पाण्डे विवेकशील साझाबाट निष्काशित

काठमाडौं । मिलन पाण्डे विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका छन् । पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको घोषणा गरेपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नहरने गरी कारबाही गरेको हो ।  संयोजकको जिम्मेवारीमा रहँदा पार्टीलाई क्षति पुर्‍याएको बताइएको छ । साथै केन्द्रीय कमिटीले बोलाएको बैठकमा लगातार अनुपस्थित भएर पार्टी सिध्याउने नियत राखेको आरोपसमेत छ ।  पुस ४ गते सम्मका लागि केन्द्रीय कार्यसम्पादन समितिले स्पष्टिकरण सोधेको थियो ।  तर, उनले एकदिन ढिलो गरी सञ्चारमाध्यमबाट जवाफ प्रस्तुत गरेका थिए ।  कारबाही पत्रमा भनिएको छ, ‘तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ ।’ समानान्तर समिति घोषणा गरेपछि पार्टीको साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरिएको विवेकशील साझा पार्टीले जनाएको छ ।