NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’

काठमाडौं । भोजपुरी कलाकार खेसारीलाल यादवले मंगलबार आफ्नो गाडीमा भएको आगजानीबारे मुख खोलेका छन्।  सुनसरीको बर्जु गाउँपालिकामा मंगरबार भएको बर्जु महोत्सवमा उनी आफ्नो कार्यक्रम गर्दै थिए । तर प्रशासनले उनको कार्यक्रममा रोक लगाए पछि स्थानियले उनको चारवटा गाडी जलाए थिए ।  खेसारीले आफ्नो सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै उक्त घटनामा आफू र दर्शकको कुनै पनि गल्ती नभएको बताएका छन् ।  घटनाको दोष आयोजक पक्षको भएको उनको दाबी छ । ‘दोषी आयोजक हुन्’, उनले भनेका छन्, ‘उनीहरुले कार्यक्रमको स्वीकृती लिए । तर स्वीकृती रद्द भएपछि हामीलाई जानकारी दिएनन् ।’  विहान ११ बजेको कार्यक्रम तय थियो । खेसारी साढे सात बजे नेपाल भारतको सिमानामा आइपुगेका थिए ।  कार्यक्रमस्थलमा दर्शकको ओइरो लाग्न थालिसकेपछि प्रहरीले उनीहरुलाई घेरेको थियो । कार्यक्रमा खेसरीसहित ३० जनाको टोली पुगेको थियो ।  प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् ।  बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना सुरु भएको थियो । मंगलबार उक्त कार्यक्रमको अन्तिम दिन थियो ।  उनले उक्त घटनामा आफ्नो गल्ति नभएको बताएका छन् । ‘यो घटनामा मेरो गल्ति छैन । म तपाईहरुकै मायाले आएको हुँ । म दर्शक कै लागि भनेर दिनरात मिहेनत गर्दै आएको छु । र सधै मिहेनत गर्ने छु,’ उनले उक्त भिडियोमा भनेका छन् ।