NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

घाना बाहिरियो, मोरक्को र गाबोन नकआउट चरणमा

काठमाडौं । चारपटकको च्याम्पियन घाना अफ्रिका कप अफ नेसन्स फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मोरक्को र गाबोन भने नकआउट चरणमा पुगेका छन् । गएराति भएको खेलमा कोमोरोससँग ३–२ गोल अन्तरले पराजित भएपछि घाना बाहिरिएको हो । समूह सीमा रहेको घाना ३ खेलमा मात्र १ अंक जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।  कोमोरोस भने ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट मोरक्को र गोबान नकआउट चरणमा पुगेका हुन् । गएराति भएको खेलमा २–२ गोलको बराबरीमा खेल्दै मोरक्को र गाबोनले नकआउट चरणमा स्थान बनाएका हुन् ।  यस बराबरीसँगै समूह सीमा मोरक्कोले ३ खेलमा ७ अंक जोड्यो । मोरक्को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । गाबोन भने ५ अंक जोडेर दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो ।