NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सबैको माया छ, तर आफ्नै माया छैन

महालक्ष्मी नेपाल (वर्ष ८०)

‘जमाना’को पहिलो एपिसोडमा प्रस्तुत छ– सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका, कुबिन्डेकी आठ दशक उमेर पार गरेकी महालक्ष्मी नेपालको जीवन–अनुभव ।

महालक्ष्मीको जीवनमा हाँसोभन्दा रोदन बढी छ । हाडमा छाला टाँसिएको छ । हाड पनि सुकिसकेको छ । अब नसुकेको भनेको त्यही आँसुमात्रै बाँकी छ । सारै दिक्दार हुँदा उनलाई लाग्ने एउटै कुरामात्रै हो– खुसुक्क बोल्ने (सास) गइदिएदेखि हुन्थ्यो भन्ने लाग्छ । तर सपना त बाँकी छन्, मनमा केही कुराको तिर्सना बाँकी नै छ । आफ्ना आफन्तहरू सबैलाई भेट्न मन छ । भन्छिन्, ‘कसैले लगिदिए त हुन्थ्यो ।’

पोडकास्ट सुन्नुहाेस्

(नेपालवाच पोडकास्टमा प्रस्तुत छ– जमाना । जमानाका श्रृंखलामा साहित्यकार अमित घिमिरेले राजधानीनजिकैको जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्थानमा पुगेर सात दशकभन्दा माथि उमेर पुगेका व्यक्तिसँग गरेको कुराकानी प्रस्तुत हुनेछ । घिमिरे भन्छन्– जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनिन्छ । तर मलाई भन्न मन लाग्छ जहाँ पुग्दैन रवि र कवि, त्यहाँ पुगेको हुन्छ अनुभवी ।)

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८, १४:०७:००