NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।

बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो ।

मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो ।

नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८, ११:५३:००