NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्रिस्मस र अंग्रेजी नयाँ वर्षको अवसरमा आजबाट निसानको ‘निसान विक’, यस्ता छन् अफर

काठमाडौं । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्षमा निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ ।

आज २६ डिसेम्बरदेखि जनावरी २ सम्म हुने निसान विकमा आकर्षक अफर पाइने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत निसान किक्स खरिद गर्दा २ लाख ५० हजार रूपैयाँसम्म छुट पाइने व्यवस्था छ । यसका साथै निसानले स्पट एक्सचेन्ज भ्यालुएसनको सुविधा पनि उपलब्ध गराएको छ ।

ग्राहकहरूले यो अवधिभर देशभर रहेकोे निसान सोरुमबाट टेस्ट राइड गरेमा एक लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन् ।

त्यस्तै, हरेक ग्राहकले एक वर्षको निःशुल्क बीमा, १ वर्षको निःशुल्क सडक कर, ३ वर्षको निशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, लो एलडी बोनस र अन्य अफरको पनि लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर देशभर रहेका निसान शोरूममा लागू हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८, १४:३४:००