NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल भर्सेस मरिसस : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपाल र मरिससबीचको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ । दुवै पक्षका खेलाडीले केही अवसर खेर फालेका थिए ।

फिफा वरीयतामा मरिसस नेपालभन्दा पछाडि छ । नेपाल वरियताको १६९ औं स्थानमा छ भने मरिसस १७२ औं स्थानमा मात्र छ ।

गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूको कप्तानी मौरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्ती मगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् भने मिडफिल्ड तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी सम्हालिरहेका छन् ।

सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङले नेपाली डिफेन्समा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष