NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
लाेक सेवा

वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरणका लागि अघि सारिएका रणनीतिहरु

छाेटाे प्रश्न कसरी हल गर्ने ?

काठमाडौ । जीवन निर्वाहका लागी आफ्नो देशको सिमा बाहिर गएर गरिने पेशा व्यवसाय वा कामलाई वैदेशिक रोजगारी भनिन्छ । प्रत्येक दिन झन्डै १४ सयको संख्यामा नेपाली युवाहरु कामको खोजीमा मुलुक वाहिर जाने गरेका छन । चालु पन्ध्रौ योजनाले आन्तरिक रोजगार वजारको विस्तार गर्दै वैदेशिक रोजगारीवाट अधिकतम प्रतिफल लिने कुरामा जोड दिएको छ ।

वैदेशिक रोजगारीका समस्या न्युनिकरणका लागि योजनाले अंगिकार गरेका रणनितीहरु

 वैदेशिक रोजगारीलाई सुरक्षीत, शोषणमुक्त, मर्यादित र प्रतिफलयुक्त वनाइने,

 प्रमुख गन्तव्य मुलुकसंग श्रम संझौता गरिने,

 विदेशमा रहेका नेपाली श्रमिकहरुको हक हितकालागि श्रम कुटनीति अवलम्वन गरिने,

 गन्तव्य मुलुकका कामदारको हक हितकालागि रोजगारदाता र गैर आवासीय नेपालीसंग समन्वय गरिने,

 सवै सरोकारवालाको सहभागीतामा वैदेशिक रोजगार परिषद स्थापना गरिने,

 जनशक्तीको व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई श्रम संझौता गरी वैदेशिक रोजगारीमा पठाइने,

 भारतमा जाने कामदारको दर्ता, परिचयपत्र वितरण र विमा लगायतका व्यवस्था कार्यान्वयन गरिने,

 वैदेशिक रोजगारीमा जानेको पूर्व अभिलेख राखी सुरक्षीत र मर्यादित वनाउने,

वैदेशिक रोजगारीलाई थप सुरक्षित र भरपर्दो बनाउने,

वैदेशिक रोजगारीमा नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने,

नेपालीले विदेशमा कमाएको पैसा सुरकि्षत तरिकाले स्वदेशमा पठाउने व्यवस्था गर्ने,

वैदेशिक रोजगारीमा जानुपुर्व तथा गइसकेपछी हुने ठगीलाई न्युनिकरण गर्ने,

विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने,

विदेशमा समस्यामा परेका नेपाली उद्धार, राहत तथा पुर्नस्थापनालाई प्रभावकारी बनाउने,

निष्कर्षमा,
प्रत्येक वर्ष नेपालको श्रम वजारमा झन्डै ५ लाख युवा प्रवेश गर्दछन । तिनीहरुमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेका छन । वैदेशिक रोजगारीलाई सुरकि्षत तथा मर्यादित बनाउन चालु पन्ध्रौयोजनाले उल्लेख गरेका रणनीतिहरुको प्रभावकारी कार्यन्वयन गर्नु आजको आवस्यकता हो ।

नाेट : तपाइसँग लाेक सेवा सामाग्री छ भने हाम्राे इमेल ठेगाना : [email protected] मा पठाउन सक्नुहुनेछ ।