NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

के-के गर्‍याे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ?

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउनेसहितको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस अघि ४९.५२ रुपैयाँ रहेको दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेको हो ।

सरकारले दूध प्रतिलिटरमा १३.७ प्रतिशत बढाएको हो ।

यो समर्थन मूल्यमा दुग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने गर्छ ।

दूधको फ्याट र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ)को आधारमा जति बढी हुन्छ किसानले यसकै आधारमा दूधको मूल्य पाउने गर्छन् । फ्याट बढी आउनेले बढी मूल्य र कम आउनेले कम मूल्य पाउने गर्छन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ । चितवनको भरतपुर महानगरपालिका १५ वडामा शिक्षक अस्पताल बनाउने निर्णय सरकारले गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भगवानपुरमा अस्पताल निर्माणको गर्न सैद्धान्तिक सहमति दिएको हो ।