NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बेलायतका प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।

जोन्सन कोरोना संक्रमण हुँदाहुँदै सरकारी आवासमा आयोजना गरिएको भोजमा सहभागी भएपछि त्यसको बेलायतभर आलोचना भइरहेको छ । विपक्षी लेबर पार्टीले त उनको राजीनामा नै मागेको छ ।

यहीबीच जोन्सनले संसदमा उभिएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेका छन् ।

संसदमा जोन्सनले माफी मागिरहँदा त्यहाँकी पूर्वप्रधानमन्त्री टेरिजा मेलगायतले उनको कडा आलोचना गरेका छन् । मेले कोरोनाविरुद्ध लड्न आफू नेतेत्वको सरकारले लगाएको प्रतिबन्धबारे प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन ? भनेर प्रश्न गरेको बिबिसी समाचारमा उल्लेख छ ।