NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपालले लियो अग्रता, सुजलले गरे गोल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल अहिले जारी छ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा जारी छ ।

यसैबीच, नेपालले एक गोलको अग्रता लिएको छ । मिडफिल्डर सुजल श्रेष्ठले १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका हुन् ।

यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।

विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।