NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्षमा हेम पाठक सर्वसम्मत

विशाल श्रेष्ठ (दक्षिण कोरिया) – नवलपुर समाज, दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै अधिवेशन दुई माध्यमले भएको थियो । राजधानी सउलमा प्रत्यक्ष उपस्थित भएर र भर्चुअल माध्यम (जुम)बाट सम्पन्न भएको हो ।

सो अधिवेशनले समाजको अध्यक्षमा हेम पाठकलाई सर्वसम्मत चयन गरेको छ । कृष्ण डुम्रेको अध्यक्षता भएको अधिवेशनले पाठक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, अधिवेशनले हरि कँडेल वरिष्ठ उपाध्यक्ष तथा राजु पाण्डेलाई सचिवमा सर्वसम्मत चयन गरेको छ ।

यसैगरी, उपाध्यक्षहरूमा श्रीधर कँडेल, मनोज पंगेनी र प्रकाश थापा निर्वाचित भएका छन् ।

त्यस्तै, सहसचिवमा किशोर बस्याल, कोषाध्यक्षमा अमृत भुर्तेल, सहकोषाध्यक्ष पुनम पाठक तथा सदस्यहरूमा योगेश घिमिरे, सन्तोष भट्टराई, तीर्थ पाण्डे र ध्रुव गुरुङलाई चयन गरिएको छ ।