NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

माधव नेपालले भने, ‘मिडियामा आएका कुराले दिमाग खराब नगरौं, कुनै हालतमा गठबन्धन टुट्दैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिडियामा आएका मनगढन्ते कुराले सत्तारुढ पाँच दलीय गठबन्धन नटुट्ने दावी गरेका छन् ।

एकीकृत समाजवादीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा बोल्दै नेता नेपालले चुनावसम्मै गठबन्धन कायम रहने बताए । यसमा कसैको पनि प्रयास सफल नहुने उनको दावी छ ।

साथै अहिले गठबन्धनलाई भत्काउने उद्देश्यका साथ मिडियामा दिमाग खराब गर्ने समाचारहरु आइरहेको बताए । यस्ता समाचारले गठबन्धन भत्काउन नसक्ने उनको भनाइ थियो ।

उनले भने, ‘अहिले मिडियामा आएका समाचार सुनेर कतिपयको दिमाग खराब भइराख्या छ । दिमाग खराब गर्न जरुरी छैन । मिडियामा आउने विषय मनगढन्ते भएकाले दिमाख खराब गरेर केही हुदैन ।’

उनले प्रचण्ड र देउवासँग आफ्नो छलफल भएको र यस्ता विषय मनगढन्ते भएको निष्कर्ष निकाल्दै गठबन्धनलाई थप मजबुत बनाउने प्रतिबद्धता गरेको बताएका छन् । ‘यी विषयमा भर्खर मात्र प्रचण्ड र देउवाजीसँग मेरो कुरा भयो । मिडियामा आएका यस्ता विषय के हुन् ? भनेर । तर, सबै मनगढन्ते कुरा भएको पाइएको छ । यस्ता कुराले गठबन्धन भत्काउन सक्दैन । स्थानीय चुनावसँग गठबन्धन एक भएरै जान्छ’ नेता नेपालले भने ।