NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तान्जानियाको सभामुखमा ४५ वर्षीया महिला

सिन्ह्वा । तान्जानियाको सभामुखका ४५ वर्षीय महिला नेतृ निर्वाचित भएकी छिन् । तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

तत्कालीन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएकी थिइन् । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौं सभामुख भएकी हुन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए ।