NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्यानडाको राजधानीमा संकटकाल घोषणा

काठमाडौं । क्यानडाको राजधानी ओटावा क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । कोभिड–१९ प्रतिबन्धविरुद्ध ट्रक चालकहरूको प्रदर्शन चर्किएपछि संकटकाल घोषणा गरिएको हो ।

ओटावाका मेयर जिम वाट्सनलाई उद्धृत गर्दै बिबिसीले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएपछि संकटकाल घोषणा गरेको लेखेको छ ।

क्यानडाको रेडियो सिएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले असंवेदनशील व्यवहार देखाएको आरोप लगाए ।

प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर परिस्थिति बिगारेको उनको भनाइ छ ।

उनले प्रदर्शनले शहरका बासिन्दाको सुरक्षामा असर पुगेको उल्लेख गर्दै यसलाई छिट्टै समाधान गर्नुपर्ने बताए ।

संकटकाल लगाइए पनि अब के–के हुन्छ भनेर प्रष्ट पारिएको छैन ।

ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै त्यहाँ प्रदर्शन भइरहेको छ । जसलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ ।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक छन् । यसका चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको बिबिसीमा उल्लेख छ ।