NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति घोषणा हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बस्ने बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।

सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि गत बिहीबार बसकेको थिएन । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
उक्त छलफलमा जेठ ४ गतेलाई स्थानीय निर्वाचन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री देउवा पनि उक्त मितिमा सहमत देखिएका छन् ।

सम्भवतः आजको बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनेछ । आज तीन बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनकै विषयमा छलफल हुनेछ ।