NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रपति चुरे संरक्षण समितिका पदाधिकारी बर्खास्त

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारी बर्खास्तीमा परेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका पदाधिकारीलाई बर्खास्त गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिएको छ । सोमबारको बैठकले केपी ओली सरकारले नियुक्ति गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचै जना पदाधिकारीलाई बर्खास्त गरेको हो ।

बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा।सुस्मिता ढकाल र भेषराज आचार्य रहेका छन् ।