NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सानिमा र रिलाएबलको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सानिमाले अधिकांश सूचकमा उल्लेखीय प्रगति गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीले पाँच करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी दुई करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवकोे सोही अवधिको तुलनामा कम्पनीको नाफा ९५ दशमलव ६४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा सात करोड १४ लाख रुपैयाँ थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ सञ्चिति थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आवमा आठ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा १४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३ दशमलव २७ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनील तीन करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३ दशमलव ४१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले दुई करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।

रिलाएबलको यस्तो छ

रिलाएबल कम्पनीले चालु आवको दोस्रो त्रैमाशिक अवधिमा मुनाफामा भने सामान्य मात्रै सुधार भएको छ । कम्पनीले ६ महिनामा १८ करोड पाँच लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा १७ करोड ७९ लाख रुपैयाँ थियो ।

चालु आवको दोस्रो त्रैमाशसम्ममा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा कम्पनीको जीवन बीमा कोषमा जम्मा एक अर्ब ९० करोड रुपैयाँ थियो ।

कम्पनीको जगेडा कोषमा ३६ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । खुद बीमा शुल्क आर्जनमा भने राम्रो सुधार भएको छ । समीक्षा अवधिमा ४६ प्रतिशतले बढाउँदै एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने दुई अर्ब पाँच करोड रुपैयाँ रहेको छ । जीवन बीमा कोष ८९.२८ प्रतिशतले बढाउन सफल भएको छ ।

यस अवधिमा दाबी भुक्तानी पनि ३० प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ४० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताको कमिशन पनि ६४ प्रतिशतले बढेको छ । अभिकर्ताले २८ करोड ९३ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७८ रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष