फिफा वरीयतामा नेपालको दुई स्थान सुधार
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको हो ।
नयाँ वरीयताअनुसार नेपाल १६७ स्थानमा रहेके छ । यसअघि नेपाल १६९ स्थानमा थियो । नेपालको अंक ९८२ दशमलब २२ रहेको छ ।
भारत भने १०४ स्थानमै यथावत छ । दक्षिण एसियामा भारत पहिलो स्थानमा छ । भारतपछि माल्दिभ्स १५७ औँ स्थानमा रहेको छ । त्यसपछि तेस्रो स्थानमा नेपाल रहेको छ ।
नेपालपछि भुटान १८५ र १८६ औँ स्थानमा बंगलादेश रहेका छन् । १९७ औँ स्थानमा पाकिस्तान र २०४ औँ स्थानमा श्रीलंका रहेको छ । श्रीलंका अन्तिम स्थानमा रहेको हो ।
नेपालले यसै महिना अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । घरेलु मैदानमा नेपालले दुवै खेल जितेको थियो । यससँगै नेपालको वरीयतामा सुधार भएको हो ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया