NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

उत्तरपूर्वी चीनमा बस विस्फोट, एकको मृत्यु, ४२ घाइते

काठमाडौं । उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।

अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ ।

लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ ।

शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते छन् ।

सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बसनजिकै सडक छेउ बसिरहेका देखिएका छन् । विस्फोटनको कारणबारे जाँच भइरहेको छ ।