अलमलपछि घर फर्किएको भन्दै कमल थापाले खोले ‘राप्रपा नेपाल’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गरेका छन् । केही समयअघि मात्रै राप्रपाबाट बाहिरिएका थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको घोषणा गरेका हुन् ।
राप्रपा नेपाल राप्रपामा परिणत भएपछि पनि लाक्पा तामाङले निर्वाचन आयोगमा सो पार्टी दर्ता गरेरै राखेका थिए ।
थापा त्यसैको अध्यक्ष भएका हुन् ।

केही समयको अलमलपछि घर फर्किएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशको धरातलीय यथार्थ र साथीहरूको सुझावअनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौं ।’
यो कार्यलाई सार्थक बनाउन सहयोग गरेको भन्दै उनले राप्रपा नेपालका नेता तामाङलाई धन्यवाद दिएका छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत उनले राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुुन सबैमा अपिल गरेका छन् ।
दुई वर्षअघि तत्कालीन राप्रपा नेपालका अध्यक्ष थापाले पशुपतिशमशेर राणाको राप्रपा र डा.प्रकाशचन्द्र लोहनीको राप्रपा(राष्ट्रवादी)सँग एकता गरेका थिए ।
एकतापछि पार्टीको नाम राप्रपा राखिएको थियो । अहिले पुनः राप्रपाबाट अलग भएपछि उनले पार्टीको नाम पहिलेकै राप्रपा नेपाल राखेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया