NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

४८ घण्टाभित्र बैठक गर्न रुसलाई युक्रेनको आह्वान

काठमाडौं । युक्रेनले आगामी ४८ घण्टाभित्र बैठक डाक्न रुस र एउटा मुख्य युरोपेली सुरक्षा संगठनलाई आह्वान गरेको छ ।

आफ्नो सीमामा सैनिक तैनाथीबारे रुस प्रतिक्रियाविहीन रहेका बेला युक्रेनले यस्तो आह्वान गरेको हो ।

भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे युक्रेनले जवाफ खोजेको बताइएको छ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबालाई उद्धृत गर्दै बिबिसीले रुसी योजनाबारे जान्न बैठक माग गरेको जनाएको छ ।

पछिल्लो समय रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । केही पश्चिमा मुलुकले हमलाका लागि तयारी गरिरहेको आशंका गरेका छन् तर रुसले अस्वीकार गर्दै आएको छ ।

यही त्रासबीच झण्डै एक दर्जन मुलुकले रुस र युक्रेन छाड्न आफ्ना नागरिकलाई अपिल गरेका छन् ।