NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जीवन बीमा कम्पनीले आर्जन गरे ७० अर्ब बीमा शुल्क, पुसमा मात्रै १२ अर्ब

काठमाडौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ७० अर्ब रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार ८८ बीमा पोलिसी बिक्री गर्दा ७० अर्ब ९१ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिको तथ्यांकअनुसार सोही अवधिमा कम्पनीहरुले २० अर्ब ६० करोड ९६ लाख प्रथम बीमा शु्ल्क संकलन गरेको छ ।

कम्पनीहरुले पुस मसान्सम्ममा नविकरणमार्फत ५० अर्ब ३० करोड ४२ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सोही अवधिसम्ममा कम्पनीहरुको कुल सक्रिय बीमालेखको संख्या एक करोड १० लाख ४१ हजार रहेको छ ।

पुसमा मात्रै १२ अर्ब बीमा शुल्क संकलन

जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै १० लाख ६८ हजार ९३२ बीमा पोलिसी बिक्री गर्दा १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार बीमा शूल्क आर्जन गरेका छन् । सोही अवधिमा कम्पनीहरुले ४ अर्ब २२ करोड ७१ लाख ८७ हजार रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

चालु आवको पुस मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सोही अवधिसम्मममा १८ अर्ब ३९ करोड ८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सो कम्पनीले पुस मसान्तसम्ममा ८ लाख ४९ हजार ४५१ बीमा पोलिसी बिक्री गरेर १८ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेको हो । उक्त कम्पनीले पुसमा मात्रै दुई अर्ब ९४ करोड नौ लाख ४५ हजार बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पुसमा मात्रै दुई अर्ब ५१ करोड ६० लाख नविकरण शुल्क, ४२ करोड ४८ लाख प्रथम बीमाशुल्क मार्फत बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफपछि धेरै बीमा शुल्क संकलन गर्नेमा लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्यारेन्स कम्पनीपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेको छ । लाइफ इन्स्यारेन्सले पुस मसान्तसम्ममा ६ लाख ९५ हजार ७५० बीमा पोलिसी बिक्री गरी ८ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले सोही अवधिमा १ अर्ब २७ करोड ८० लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ७ अर्ब ११ करोड ४० लाख नविकरण बीमा शुल्क संकलन गरेको छ ।

लाइफ इन्स्योरेन्सलाई पछ्याउँदै राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ

लाइफ इन्स्यारेन्सपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । राष्ट्रिय बीमा संस्थानले पुस मसान्तसम्ममा ६ लाख ३८ हजार ७९३ बीमा पोलिसी बिक्री गर्दा ६ अर्ब ९ करोड ८७ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सोही अवधिमा ६२ करोड ५८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै कम्पनीले ५ अर्ब ४७ करोड २९ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

उक्त कम्पनीले पुसमा मात्रै ४४ करोड ७७ लाख बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । कम्पनीले सोही अवधिमा १३ करोड ५४ लाख प्रथम बीमा शुल्क र ३१ करोड २२ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

समितिका तथ्यांकअनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा १० लाख ४४ हजार ४८४ बीमा पोलिसी बिक्री गरी कुल ६ अर्ब ८० करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले सोही अवधिमा २ अर्ब २१ करोड ४४ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४ अर्ब ५८ करोड ८३ लाख नविकरण बीमा शुल्क संकलन गरेको हो ।

नेशनल लाइफले पुसमा मात्रै १ अर्ब १५ करोड ४९ लाख बीमा शुल्क संकलन गर्न सफल भएको छ । उक्त अवधिमा कम्पनीले ३७ करोड ८१ लाख प्रथम बीमा शुल्क, ७७ करोड ६७ लाख नविकरण बीमा शुल्क संकलन गरेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष